मन्दाकिनी हाइड्रोपावरले साउन ९ गतेदेखि आइपीओ निष्काशन गर्ने
काठमाण्डौ।मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आउँदो साउन ९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले सर्वसाधारणका लागि ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
जसमध्ये ५८ हजार ८ सय ३ कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्याईएको छ भने २३ हजार ५ सय २१ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि...